Skip to content
LAXMI SUNRISE BANK

दीपकुमारमाथि एमालेको संगीन आरोप, एमालेको तिखो बचनले भारतसमेत बिच्किन सक्छ

अर्थ सरोकार

काठमाण्डु –एमालेले नेपालका लागि भारतीय राजदूतमा पुनः दीपकुमार उपाध्यायलाई पठाउने निर्णयमा असहमति जनाएको छ ।
संसदीय सुनुवाई विशेष समितिमा एमाले सांसदले उपाध्यायले समग्र मुलुकको प्रतिनिधित्व गर्न नसक्ने र उनी मुलुकको हितका पक्षमा समेत नरहेको भन्दै उनको नाममा असहमति जनाएको हो । यद्यपि समितिको बहुमतले उपाध्यायको नाम अनुमोदन गरेको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले भारतमा बसेर नेपालको सत्ता परिवर्तनको चलखेलमा लागेको र नेपालका लागि भन्दा पनि अरुकै लागि काम गरेको भन्दै उपाध्यायलाई फिर्ता बोलाएको थियो । तर, काँग्रेस–माओवादी गठबन्धनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि सरकारले पुनः उपाध्यायलाई नै भारतको राजदूतमा सिफारिस गरेको हो ।
एमाले प्रमुख सचेतक भानुक्त ढकालले उपाध्यायलाई भारतको राजदूतमा पठाउनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले बहुमतले राजदूत बनाएका व्यक्तिले समग्र मुलुकको प्रतिनिधिका रुपमा काम गर्नै नसक्ने दाबी गरे ।
‘भारतमा बसेर नेपालको सरकार फेर्ने काममा उहाँ लाग्नुभएको थियो र नेपालका लागिभन्दा अरुकै लागि काम गर्नुभएका कारण त्यतिबेला सरकारले फिर्ता बोलाएको हो’, ढकालले काठमाण्डु टुडेसँग भने, ‘अहिले फेरि उनैलाई राजदूतमा पठाउने कुरा राजनीतिक रुपमा प्रतिशोधपूर्ण त छँदैछ, कूटनीतिक रुपमा समेत नेपालको शिर निहुरिने अवस्था आएको छ ।’ केपी ओली सरकार ढाल्न योगदान गरेबापत पुरस्कार स्वरुप उपाध्यायले फेरि रादजूत पद पाएको आरोप उनले लगाए ।
ढकालले उपाध्यायको नाम सिफारिस भएदेखि नै आफूहरुको विरोध रहँदै आएको भन्दै विरोध कायमै रहने जनाए । पूर्वमन्त्रीसमेत रहेका उपाध्याय काँग्रेस नेता हुन् ।

  •  काठमाडौँ टुडे
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK