
काठमाण्डौबाट बाग्लुङ बुर्तिबाङ जादै गरेको यात्रुवाहक बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ढोरपाटन यातायातको ग१ख ६१६९ नम्बरको रात्री बस याम्दी पुल नजिकै दुर्घटना भएको हो ।
दुई दर्जन भन्दा धेरै घाईते भएका छन् । उक्त दुर्घट्नामा परि गुलमी नेटा २ कि ४७ वर्षकी मनरुपा अर्याल र उनका २ वर्षका नाती अर्तित अर्यालको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घट्नामा घाइते भएका २६ जना मध्ये एक सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने अन्यको उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ । पोखराबाट बाग्लुुङतर्फ गइरहेको अर्को एक बसलाई उछिन्ने क्रममा बस अनियन्त्रित हुदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतेहरुको पोखराको मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
- बिजपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्