
कावासोती – २०७३ भविश्वर पाण्डे कावासोती स् नवलपरासीमा छुटाछुटै सवारी दुर्घटनामा परि आइतबार राति ४ जनाको मृत्यु भएको छ। जिल्लाको चोरमारा नारायणी भित्री सडक(खण्डमा राती १० बजेको समयमा लु २ त ६५०९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मध्यबिन्दु ४ चोरमाराको ५९ वर्षिय पैदल यात्रु रम्भा बस्याल रहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासमा राति २ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६३६६ नम्बरको ट्रकले बाटोमा उभिइरहेका धादिङ(४ चयनपुर बस्ने चन्दकान्त छतकुलीलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, नवलपरासीको प्रतापपुर ४ प्रतापपुरमा रातको समयमा ठूलो पूलमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार त्रिवेणीबाट बर्दघाट जाँदै गरेको लु १ ख४१,७७ नम्बरको बसले प्रतापपुर(३ माघवपुर घर भएका अन्दाजी वर्ष १७ का सुरज क्षेष्ठलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएको थिए। घाइतेलाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्तामा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ।
त्यस्तै, नवलपरासी रामग्राम नगरपालिकामा आइतबार दिउँसो सवारी साधनको ठक्करबाट थप एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार रामग्राम ११ जिल्ला कारागार आगाडी रोकी राखेको ना ५ ख १४६२ नम्बरको ट्रकमा लु २५ प २१२३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुइजना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका बस्ने वर्ष २५ का प्रेम राय चौधरी रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्