×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानसँग लड्न भारतीय सेनाको भीषण तयारी, यसरी पुग्ने भए २१ ठाउँमा अत्याधुनिक एयरफोर्स विमान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाकिस्तानसँग लड्न भारतीय सेनाको भीषण तयारी, यसरी पुग्ने भए २१ ठाउँमा अत्याधुनिक एयरफोर्स विमान !

२ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– भारत र पाकिस्तानबीच तनाव चर्कदै गएपछि भारतीय सेनाले आफ्नो आन्तारिक तयारी व्यापक रुपमा गर्न थालेको छ । भारतीय हवाई सेनाले उक्त तयारीलाई तिव्रता दिएको हो ।
यदि देश युद्धमा गयो वा अन्य कुनै प्राकृतिक विपती लगायतका घटनाहरु भए भने त्यसमा कसरी तयारी गर्ने भन्ने इमर्जेन्सी तयारीमा भारतीय हवाई सेना लागेको हो ।
भारतीय हवाई सेनाले त्यसका लागि देशभित्रै र छिमेकी देशहरुसँग जोडिएका सीमामा गरी २१ ठाउँमा आपत्तकालीन रुपमा आफ्नो एयरफोर्स जेट जहाजहरु अवतरण (ल्यान्डिङ) गर्न सक्ने र उड्न (टेक अफ ) गर्न सक्ने कुराको पहिचान समेत गरेको छ । त्यसका लागि ती एयरफोर्स सिधै राजमार्गहरुमा अवतरण गर्न सक्ने तयारी समेत गरिएको छ ।
त्यसका लागि भारतीय सेनाले नयाँ रुट (हाइवे)को समेत पहिचान गरिरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । त्यसका लागि सेनाले भारत र पाकिस्तानबीचका सीमालाई विशेष महत्व दिएको छ ।
भारत र पाकिस्तानबीचको सीमा जनिकै रहेको राजस्थान, गुँजरातको द्धारका,जम्मु काश्मिर, असम, पश्चिम बंगाल, यूपी अर्थात उतराखण्ड लगायत २१ स्थानलाई भारतीय वायु सेनाले विशेष महत्व दिएको बताइएको छ ।
गत महिनामात्र त्यसका लागि भारतका सडक तथा परिबहन मन्त्री नितिन गडकरी र रक्षामन्त्री मनोहर पर्रिकरबीच पत्र समेत आदानप्रदान भइसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । उक्त तयारीका लागि एक कमिटी समेत निर्माण भएको जनाइएको छ ।
यस कमिटीमा हाइवे, रक्षामन्त्रालय र वायू सेनाका प्रतिनिधि रहेको जनाइएको छ । भारत अधिनस्थ काश्मिरको उरीमा भएको हमलापछि बढेको भारत–पाक तनावकै बीच पाकिस्तानले समेत आफ्नो हवाई सुरक्षामाथि सतर्कता बढाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी