
- अर्थ सरोकार सम्बतदाता
नेपाल हवाइ प्राधिकरणमा कार्यरत ४ सय मजदुरहरुले आफूहरुको समस्याबारे सुनुवाइ नभएको भन्दै यस्तो चेतावनी दिएका हुन्।
प्राधिकरणका प्रमखु र नेताहरु पनि दसैं मनाउन विदेश गइरहेको तर श्रमिकप्रति सरकार र प्राधिकरणले नै बेवास्ता गरेको उनीहरुको गुनासो छ। ‘मजदुरहरुले यस विषयमा बारम्बार कुरा राख्दा पनि सम्बन्धित निकाय कानमा तेल हालेझैं गरेर मौन बस्ने गरेको छ,’ नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स मजदुर युनियन युनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ठेकेदार कम्पनीहरु यो आफ्नो काम नभएको भन्दै पन्छिने गरेका छन्।’
पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई सम्पर्क गरेर समस्याबारे जानकारी गराउँदा पनि पन्छिने गरेको पराजुलीले बताएका छन्।
एयरपोर्टको सुधारका लागि भन्दै युनिट्राभले यसअघि पनि ध्यानाकर्षण गराउँदै आएको थियो।
‘मजदुर मारेर एयरपोर्ट चलाउनुको आवश्यकता नरहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा थप भनिएको छ, ‘आफूले पाउनुपर्ने रकम तथा सुविधा समयमै उपलब्ध होस्। नभए एकमात्र एयरपोर्ट ठप्प पार्नेसम्मको कदम चाल्न बाध्य हुनेछौं।’
यस्ता छन् आन्दोलनका कार्यक्रम
- १८ गते ९/१० बजेसम्म एयरपोर्टभित्र रहेको ठेकेदारको अफिस घेराउ गर्ने।
- १९ गते हवाइ प्रधिकरण डिजीको कार्यकक्ष घेराउ गर्ने। ज्ञापनपत्र बुझाउने।
- २० गते एयरपोर्टमा काम नगरी दुई घन्टा बन्द गर्ने।
- २१ गते सरसफाइदेखि सबै काम बन्द गर्ने साथै मानवअधिकार कार्यालय संसद भवनमा लबिङ गर्ने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्