×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारले हटायो ११ ‘विज्ञ’लाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अख्तियारले हटायो ११ ‘विज्ञ’लाई

Artha Sarokar

१० कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौँ – निलम्बित लोेकमानसिंह कार्कीकी छोरी र अरु १० ‘विज्ञ’लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  हटाएको छ । स्रोतका अनुसार विज्ञ भनिएका व्यक्तिहरु अख्तियारलाई आवश्यक नभएका कारणले हटाइएको हो ।
यो कदम आयुक्तहरुको छलफलपछि चालिएको हो । स्रोतका अनुसार अख्तियारले कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको छ । 
यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई र  अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल र सञ्चार विज्ञ भनिएका शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई अख्तियारबाट हटाइएको छ ।
यस्तै मेडिकल विज्ञको नाममा नियुक्ति पाएकी लोकमानसिंह कार्कीकी छोरी आध्या श्रीलाई पनि हटाइएको अख्तियार स्रोतले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी