Skip to content
LAXMI SUNRISE BANK

दश लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत लामिछाने पक्राउ

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  रु १० लाख घुससहित पक्राउ गरेको छ ।
आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालक अनुसार आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले बिजुली बजारको एक रेस्टुराँबाट अभियुक्त लामिछानेलाई  पक्राउ गरेको हो । 
साथै घुस रकम पु¥याउने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको छ ।
यस्तै आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई रु १२ लाख २५ हजार घुससहित पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका वडा नं ६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर रु १० हजारका दरले घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको हो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK