Skip to content
LAXMI SUNRISE BANK

महँगोमा टिकट बेच्ने र फुटपाथमा नयाँ नोट साट्ने पक्राउ

अर्थ सरोकार

काठमाडौं – तोकिएको मूल्यभन्दा बढी मूल्यमा टिकट बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउन्टरका कर्मचारी महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौँदेखि सिन्धुली जाने गाडीको रु ५०० मूल्य पर्ने टिकट एक हजारमा बिक्री गर्दै गर्दा बुधबार प्रहरीले पक्राउ गरेको हाे।
यसैगरी, काठमाडौं महानगरपालिका–३० असनबाट प्रहरी हूँ भनी रकम ठगी गर्दै हिँड्ने काभ्रे पनौती घर भएका राजन केसीलाई पनि पक्राउ गरिएको छ ।
काठमाडौं महानगरपालिका–३० खुल्लामञ्चस्थित बसपार्कमा कमिसनमा नयाँ नोट साट्दै गरेको अवस्थामा जैसीदेवल बस्ने सिन्धुली पूजा–४ पुरानो झाँगाझोलीका ३९ वर्षीय गमेस बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।
  • नेपाल आज 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK