Skip to content
LAXMI SUNRISE BANK

म्याद नाघेका खाद्य तथा पेयपदार्थ बिक्री गर्ने पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगन्ज –  जिल्ला प्रशासन कार्यालय, बाँकेको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेयपदार्थ  बिक्री गर्नेलाई पक्राउ गरेको छ । चाडपर्वको मौका छोपेर केही व्यापारीले म्याद नाघेका खाद्य तथा पेयपदार्थ बिक्री गर्न खोज्दा पक्राउमा परेका हुन्  ।
सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतको नेतृत्वमा खटिएको अनुगमन टोलीले विहिबार नेपालगन्जका सफलता सप्लायर्स, यस दी फेमिली, गुलरिया लक्ष्मी सप्लायर्स, उमङ्ग रेस्टुरेष्ट, शर्मा सप्लायर्स, गुरुङ जनरल स्टोर्सलगायत सयौँ पसलले म्याद नाघेका खाद्य तथा पेयपदार्थ बिक्री–वितरण गरिरहेको फेला पारेको थियो ।
खाद्य अधिकृत पूर्णप्रसाद पौडेलका अनुसार ती पसलेलाई अनुगमन टोलीले सचेत गराउनुका साथै कारबाहीको दायरामा ल्याएको छ भने अनुगमनको प्रक्रियालाई निरन्तरता दिइने छ ।
जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय, क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय र उपभोक्ता मञ्चसहितको संयुक्त टोली अहिले नेपालगन्ज र मध्यपश्चिमका अन्य जिल्लाको बजार अनुगमनमा सक्रिय देखिएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK