
काठमाडौँ – नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुाराम भट्टराईले भारतीय र चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने सरकारी निर्णयप्रति चर्को विरोध गरेका छन् ।
चीन भ्रमणमा रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त निर्णयको विरोध गरेका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
भारतीय राष्ट्रपति मुखर्जी तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आगामी साता काठमाण्डु आउँदैछन् । तर, चिनियाँ राष्ट्रपति भ्रमणको कुनै टुंगो छैन । भट्टराईले पाहुनाको सत्कार गर्नु राम्रो भए पनि बिदा दिएर मुलुकलाई कंगाल पार्न नहुने तर्क गरेका छन् । त्यसरी सार्वजनिक बिदा घोषणा गर्नुलाई भट्टराईले भिक्षापात्र थापेको संज्ञा दिएका छन् ।
‘विदेशी पाहुनाको सत्कार हुनुपर्छ तर, बिदा गरेर, काम छोडेर, देशलाई अरुकंगाल पारेर, भिक्षापात्र थापेर हाम्रा सच्चामित्रहरु खुसी हुनुहोला र ? सोचौं है !’ बाबुरामले भनेका छन् ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्