×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानबाट बेलुनमा आयो ‘खतरनाक’ धम्की

LAXMI SUNRISE BANK

भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानबाट बेलुनमा आयो ‘खतरनाक’ धम्की

१६ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानबाट बेलुनमा धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उर्दूमा सम्बोधन गरेर लेखिएको दुईवटा बेलुन मेसेज पंजाबको दिनानगरस्थित घेराल गाउँमा शनिबार भेटिएका छन् ।
पहेंलो रंगको बेलुनमा कागजको एक टुक्रामा मोदीको लागि सन्देश लेखेर टाँसिएको छ । जसमा लेखिएको छ- ‘मोदीजी अयूबीको तरबार अहिलेसम्म पनि हामी सँगै छ । इस्लाम जिन्दावाद ।’
समाचारअनुसार उक्त बेलुनलाई पहिलो पटक स्थानीय एक व्यक्तिले आफ्नो घर नजिकै देखे । जब उनले उर्दूमा सन्देश देखे, तब उक्त बेलुनबारे पुलिसलाई जानकारी दिए ।
यद्यपी, दीनानगरमा यस्तो प्रकारको बेलुन सन्देश पाइएको यो पहिलो घटना भने होइन । गत जुलाईमा पुलिसले दीनानगर नजिकैको झाण्डे चाक गाउँमा यस्तै प्रकारको बेलुन भेटेको थियो जसमा पाकिस्तानको झण्डामाथि लेखिएको थियो, ‘आइ लभ पाकिस्तान’ ।
काश्मिरको उरी घटनापछि दुई देशबीच तनाव बढिरहेका बेला पाकिस्तानबाट बेलुनमा धम्की आउनुलाई अर्थपूर्ण हेरिएको छ ।

  • दैनिक नेपाल
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी