×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी कारोबार हुने नेपाल वैकमा पैसा सकियो , आज निजि वैकहरुले रकम जम्मा गर्ने ।

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारी कारोबार हुने नेपाल वैकमा पैसा सकियो , आज निजि वैकहरुले रकम जम्मा गर्ने ।

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एक मात्र सरकारी नेपाल बैक लिमिटेड जाजरकोट शाखामा रकम अभाव भएको छ । बैकमा रकम सकिएपछि सेवाग्राही रित्तै फर्कन बाध्य भएका छन ।
सरकारी कार्यालयको कारोवार हुने एक मात्र बैक नेपाल बैक लिमिटेड भएकोले पनि रकम सकिएको हो । रकम सकिएपछि सेवाग्राही मर्कामा परेका छन् । करीव २ हजार शिक्षकको दशै पेश्की र चार महिनाको तलब, निजामति कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको दशै खर्च सहित २ महिनाको तलवभत्ता एकै पटक निकासा हुँदा बैकमा रकम अभाव भएको हो ।
आइतवार दिउसो साढे १२ बजे सम्म साढे दुई करोडको चेक साट्यौ रकम सकिएपछि सेवा बन्द गर्नु परेको बैकका जिल्ला प्रबन्धक कमल अधिकारीले बताए । उनले राष्ट्र बैकमा आवश्यक रकम तत्काल पठाईदिन माग गरिएको बताए । तर कहिले सम्म रकम आईपुग्ने हो टुङ्गो छैन । दशैको बेला करीव ४५ करोड रुपैया आवश्यक पर्ने सो बैकमा अझै २५ करोड रुपैया आवश्यक पर्ने बैकले जनाएको छ । तर, जाजरकोट लगायतका पहाडी जिल्लामा राष्ट्र बैकले एकपटकमा १५ करोड भन्दा बढी रकम नदिने प्रबन्धक अधिकारीले जानकारी दिनु भयो ।
अव आउने १५ करोडले पनि नपुग्ने देखिएपछि बैकले दशैपछि बाँकीलाई भुक्तानी दिने योजना बनाएको छ ।जिल्लामा ठुला ब्यापारी र निक्षेपकर्ता कम भएको भएका ब्यापारीले पनि प्राईभेट बैकमा रकम जम्मा गर्ने सरकारी कार्यालयले ढिलो गरी निकासा छोड्ने गर्नले दशैको मुखैमा रकम भुक्तानी लिनेको निकै चाप बढेको प्रबन्धक अधिकारीको भनाई छ । जिल्ला स्थित सिटिजन्स बैक र रुकुमको चौरजहारी स्थित केही बैकहरुले सोमवार सम्म दुईरतीन करोड जम्मा गर्ने जानकारी दिएका छन् उक्त रकम प्राप्त भयो भने सेवा सुचारु गर्ने बैकले जनाएको छ ।
बैकमा घण्टौ लाईनमा कुरेर पनि रकम नपाएर रित्तै फर्किएका शिक्षक कर्मचारी र सर्वसाधारण बैक प्रति आक्रोशित भएका छन । उनीहरु सवै सदरमुकाममा अलपत्र परेका छन । कतिपयले समयमा निकासा नदिएको भन्दै कार्यालय प्रति रोश प्रकट गरेका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी