
कृषि बिकास बैंक लिमिटेडले कात्तिक ३ देखि ५० प्रतिशत हकप्रद बिक्रि खुला गर्ने भएको छ। ५० प्रतिशत हकप्रद शेयरका लागि असोज ९ सम्म कायम शेयरधनीहरुले कात्तिक ३ देखि मङ्सिर ७ सम्म आबेदन दिन सक्ने बैंकले जनाएको छ।
असोज ९ सम्म कायम इच्छुक शेयरधनीहरुले ५० प्रतिशत हकप्रद प्राप्त गर्नका लागि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल लिमिटेड, कृषि बिकास बैंक र एस डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन।
५० प्रतिशत हकप्रद निष्काशनका लागी बैंकको असोज २ मा बसेको संचालक समितिको बैठकले असोज १० का लागी बुक क्लोज गर्ने निर्णय गरेको हो। ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।
बैंकको अग्राधिकार शेयरलाइ चुक्ता पुंजीमा गणना गर्न नपाइने व्यवस्थापछी बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी हकप्रद, बोनस र अन्य विकल्पमार्फत पुंजी बढाउन लागेको हो।
बैंकको कुल चुक्ता पुँजी ९ अर्ब ८६ करोड ८ लाख रहेको छ । यसमध्य साधारण शेयर पुँजी ३ अर्ब ४२ करोड ४० लाख छ भने नेपाल सरकारको अग्राधिकार शेयर ६ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक बर्षमा बैंकले २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको थियो। बैंकले यस अवधिमा ८७ अर्ब २६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ७५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १।५ प्रतिशतले घटेर ३।८५ प्रतिशतमा पुगेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५५।६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८० गुणा, प्रतिशेयर नेटवर्थ ३०३।१५ रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्