Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीद्वारा भूकम्प पिडितको नमुना बस्ति शिलान्यास हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पिडितहरुलाई बनाइदिन लागेको नमुना बस्तिको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलद्वारा हुने भएको छ। 
एनआरएनएन अध्यक्ष ड़ा शेष घलेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गोर्खाको लाप्राकमा निर्माण हुन लागेको नमुना बस्तीको शिलान्यास गरिदिन आग्रह गरेका थिए। एनआरएनले भूकम्प पिडितहरुलाई गरेको सहयोग सर्हानिय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले अध्यक्ष घलेको प्रस्तावलाई स्वीकार गरेका छन् । 
गत बर्ष बैशाख १२ मा गएको बिनाशकारी भूकम्पबाट घरबार बिहिन भएका भूकम्प पिडितहरुका लागि एनआरएनले १ हजार नमुना घर बनाइदिने घोषणा गरेको थियो। 
एनआरएनएले गुरुयोजना अनुसार गोर्खाको लाप्राकमा गुन्सीपाखामा सुविधायुक्त ६ सय वटा घरहरुको नमुना बस्ति बनाउने योजना अघि सारेको छ। सो योजना पुरा गर्न करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।   
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK