
सरकारले अहिले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा उपभोक्ताहरुलाई विशेष छुटसहित सेवा दिने उच्च मनसायका साथ नेसनल साल्ट ट्रेडिङका पसलहरु राजधानीका विभिन्न स्थानहरुमा सञ्चालन गरिरहेको छ । तर सरकारले उपभोक्ताहरुलाई सुपथ मूल्यका साथमा सामानहरु बिक्री वितरण गर्ने भनेर खुल्ला गरेको एक नेसनल ट्रेडिङको पसलको सेवामा एउटा अनौठो दृश्य देखिएको छ । राजधानीको रामशाहपथ स्थित नेसनल साल्ट ट्रेडिङले सञ्चालनमा ल्याएको पसलको अनौठो किसिमको रहेको छ ।
हाल दशैंतिहारलाई लक्षित गरी राजधानीको कालीमाटी, कोटेश्वर, थापाथली, टेकु, पुल्चोक, रामशाहपथ भक्तपुर लगायतका ठाउँहरुमा उपभोक्तालाई सुपथ मूल्यका साथमा खाद्यबस्तु लगायतका सामानहरु बिक्री गर्ने उद्धेश्यका साथ नेसनल ट्रेडिङ सेन्टरले पसलहरु सञ्चालनमा ल्याएको छ । उक्त पसल पसलहरुमा दाल, नुन, तेल, चिनी, चामल, दुध लगायतका अति आवस्यकीय सामान राखिने भनेर सर्वसाधारणहरुका लागि जानकारी गराइएको छ ।
दशैंमा राजधानीबाट दैनिक लाखौं मानीसहरु टिकट नपाई जसोतसो सास्ती खेप्दै गाउँतर्फ फर्कदै गर्दा यता सरकारले रामशाहपथमा सञ्चालनमा ल्याएको नेसनल ट्रेडिङका हलमा सरकारी रवैया कर्मचारीहरुको मात्रै चहलपहल भएको देखिएको छ । सस्तो र सुपथ मूल्यमा खाद्य सामाग्री पाउँने भन्दै राजधानीका विभिन्न ठाउँहरुबाट दशैंका लागि सामान किन्न आएका हजारै सर्वसाधारण ग्राहकहरु सामान किन्न त परै जाओस बाहिरी गेटसम्म पुग्न सकेका छैनन् । राजधनीका टाढा टाढा ठाउँहरुबाट सस्तो मूल्यमा सामान पाउँने मनसाय बोकेर आएका उनीहरु पसल बन्दका कारण रिसले गाली गर्दै फर्किन बाहेका अरु केही गर्न सकेका छैनन् ।
सरकारले बिहान दश बजेदेखि बेलुकी कम्तिमा पनि ६ बजेसम्म पसलहरु सञ्चालन गर्न नियमावली बनाएपनि सरकारी ती रवैया कर्मचारीहरुलाई एक बजेसम्म मात्र लागु हुँन पुगेको छ । सहुलियत दरको सुपथ मूल्य नाराका साथ ठूला अक्षरको साल्ट ट्रेडिङको व्यानरमा ‘घुम्ती बिक्री सेवा’ भनेर लेखिएको भएपनि त्यहाँका सरकारी कर्मचारीहरु ग्राहकहरुलाई थर्काउँदै पसलको ढोकामा ताल्चा ठोकेर एक बजे नै हिड्ने गरेको एक स्थायी बासिन्दाले जानकारी गराए । एक बज्न नपाउँदै ती कर्मचारीहरु पसलहरुको ढोका थुनेर कोही सवारीमा हुइकिने त कोही ढोकाको ताल्चा लाएर हिसाव किताव मिलाउने गरेको अर्का एकजना स्थानीय व्यक्तिले बताएका छन् । त्यहाँका सरकारी कर्मचारीका यती धेरै दादागिरि चल्दापनि सरकार कानमा तेल हालेर बसिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्