
काठमाडौँ – विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ ।
विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले स्थानीय डिवनमा चोरी नियन्त्रण गर्न गएका प्राधिकरण राजविराजका इलेक्ट्रिकल विभागका अनन्तलाल मण्डलमाथि स्थानीयवासी जीवछ साह र मनोज यादव सहितका व्यक्तिले कुटपिट गरेको प्राधिकरणका प्रमुख रामउदगार साहले बताए ।
साथै जिल्लाका भगवतपुर, सडेपार, सकरपुरा, मझोरा र बनोली हुँदै डिवनमा विद्युत् चोरी क्रममा समातिएका नौ जना भगाउनका साथै अभियुक्तले तीन थान मोटर र दुई थान सिलाइकटाइको यन्त्र लगायत सामान प्राधिकरणका कर्मचारीबाट खोसेको प्रमुख साहले जानकारी दिए ।
यसैबीच प्राधिकरण वितरण केन्द्र राजविराजले कुटपिट गर्नेमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
- इमानदार मिडिया डट कम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्