Skip to content
LAXMI SUNRISE BANK

डडेल्धुराका एक पाइलटले किने २६ अर्ब पर्ने एयरबस

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – एक जना पाइलटले जहाज उडाउँदा उडाउँदै जहाज नै किनेका छन् ।  आफ्नो परिश्रमबाटै विमान किन्ने उनी सुदूरपश्चिमको डेडेल्धुरामा जन्मे हुर्केका पाइलट बेद उप्रेती हुन् । उनले २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको जहाज खरिद गर्न लागेका हुन् ।
आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । विमानको खरिद रकम सार्वजनिक नगरेपनि यस्तो विमानको मूल्य २६ अर्ब नेपाली रुपैयाँ पर्ने बताइएको छ ।
विमानको मूल्य सार्वजनिक नगर्ने सहमतिअनुसार उप्रेती र टर्किस एयरलाइन्सबीच सहमति भएको बताइएको छ ।इन्डोनेशियाको लायन एयरको विमानका पाइलट उप्रेतीले टर्किसको एयरबस ए–३३० विमान किनेका हुन् । दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK