
- अर्थ सरोकार सम्बाददाता
प्रतिष्ठानका उप–कुलपति पारसकुमार आचार्य जेठमा र रजिष्ट्रार श्याम लम्सालको साउन महिनामै कार्यकाल समाप्त भइसकेको र अहिलेसम्म सरकारले नयाँ पदाधिकारी नियुक्त नगरेकाले यो समस्या आएको प्रतिष्ठानका शिक्षाध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिएका छन् ।
शिक्षाध्यक्ष श्रेष्ठले स्वास्थ्य मन्त्रालयले उप–कुलपति आचार्यको कार्यकाल समाप्त हुँदा जेष्ठताका आधारमा आफूलाई कार्यबाहक उप–कुलपति नदिएर रजिष्ट्रार लम्साललाई दिनुले आफ्नो अपमान भएको दुःखेसो पोखे ।
प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले शिक्षा अध्यक्षलाई कावा उप–कुलपतिको हैसियतमा परिपत्र नगरेकाले अहिले कार्यालयको काम उधारोमा चलाएको पीडा व्यक्त गरेका छन् ।आर्थिक एवम् प्रशासनिक काम रोकिँदा चिकित्सक टोलीसहित प्रतिष्ठानका कर्मचारीले दसँै तलब पाउने अवस्था नरहेको र यसले उनीहरुमा निराशा पैदा गरेको प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईले गुनासो गरे ।
डिन राईकाअनुसार प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नहुँदा काम गर्ने वातावरण पनि असहज बन्दै गएको छ । लामो समयदेखि प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पनि जुम्लाका राजनीतिक दलहरुले भने चासो दिएका छ्रैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्