
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विराटनगर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान जारी हुनुअघि चारदलबीच भएको १६ बुँदे सहमति कांग्रेसले उल्लंघन गर्दा अहिले समस्या आएको बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै गच्छदारले २०७२ असारमा कांग्रेस, एमाले, माओवादी र फोरम लोकतान्त्रिकबीच भएको सहमतिको पालना नहुँदा संविधान कार्यान्वयनमा जटिलता आएको बताए।
‘माओवादी अध्यक्ष प्रचण्ड र मेरो पहलमा त्यसबेला १६ बुँदे सहमति भएको हो,’ गच्छदारले भने, ‘उक्त सहमति संविधान जारी भएसँगै कांग्रेसले तोड्यो, त्यसैकारण अहिले समस्या सिर्जना भयो।’ अहिलेको समस्या समाधान गर्न सहमति एकमात्रै विकल्प भएको भन्दै गच्छदारले मधेशी र थारुले उठाएका जायज मागको सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्ने बताए। संविधान कार्यान्वयनका लागि सरकारले आवश्वयक पहल गर्न नसक्ने हो भने प्रतिपक्षी एमालेले पनि सहमतिको पहल गर्नुपर्ने बताए।
सहमति र संविधान संशोधनका लागि एमालेलाई निषेध गर्न नसकिने भन्ने विषयमा मधेशवादी दलले पनि बुझ्नुपर्ने बताए। उनले सहमतिको राजनीतिबाटै नयाँ संविधान जारी गर्ने अवस्थामा आएका कारण पुनः सहमतिबाटै निकास खोज्नुपर्नेमा गच्छदारको जोड थियो।
‘स्थानीय निकायको निर्वाचन, प्रादेशीक निर्वाचन र संघीय संसदको निर्वाचन ०७४ माघसम्ममा सक्नु पर्ने बाध्यता छ,’ गच्छदारले भने, ‘समयसीमा छोटो भएका कारण पनि ठूला दलहरुले आफ्नो छाती ठूलो पारेर छठ भित्रै सहमति गर्ने र संविधान संशोधन गर्ने काम सक्नुपर्छ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्