×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा धर्मको नाममा यो हदसम्मको लुट !

PRIME CA
GLOBAL IME BANK

विराटनगरमा धर्मको नाममा यो हदसम्मको लुट !

२३ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बिराटनगर- बिराटनगरमा दशैको बहानामा धर्मको नाममा लुट मच्चिएको छ । बिराटनगरस्थित कालीमन्दिर व्यवस्थापन समितिले बोको पर्सेको छुट्टै र काटेको छुट्टै रकम लिएर लुट मच्चाईरहेको छ । समितिले बोका पर्सेको ४० रुपैयाँ र काटेको ३० रुपैयाँ भन्दै कुल ७० रुपैयाँ उठाईरहेको छ । बोको पर्सेको समेत छुट्टै रकम लिनुलाई लुट भएको भन्दै विराटनगरकै केहि सरोकारवालाहरुले सामाजिक सञ्जालमा तीब्र आक्रोस पोखिरहेका छन् ।

यता उक्त समितिले हाँस कुखुरा पारसको २५ रुपैयाँ र काटेको १५ रुपैयाँ गरी कुल ४० रुपैयाँ उठाईरहेको छ । यसबारे उक्त समितिका संयोजकलाइ सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । तर यतिसम्मको तल्लोस्तरको काम गरिएको भन्दै यो कार्यको बिराटनगरमा तीब्र आलोचना भएको छ ।
बिराटनगरमै रहेका ज्योतिष मधुसुधन रिजालले ‘बोको र वाहुनको वुद्धि उस्तै भएपछी यस्तो निमन्त्रणा छापिन्छ । धर्मको नाममा…….’ भन्दै कडा टिप्पणी दिएका छन्  । यस्तै अरु कहिले पनि यो बिषयलाई लिएर कडा टिप्पणी दिएका छन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: