
काठमाडौं- भारतको अध्यक्षतामा गोवामा जारी व्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद सवैभन्दा ठूलो खतरा रहेको वताएका छन् ।
युरोप, अमेरिका र संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा पाकिस्तानलाई आतंकवाद उत्पादन गर्ने राष्ट्रका रुपमा त्रिचण गर्दै अभियान चलाएको भारतले व्रिक्स सम्मेलनलाई पनि पाकिस्तानमाथि प्रहारको उपयुक्त हतियारका रुपमा लिएको छ ।
व्रिक्स सम्मेलनलाइ सम्वोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले भने आतंकवाद हाम्रो अघिको सवैभन्दा ठूलो खतरा हो । तर विडम्वना हाम्रो छिमेकी मुलुक नै आतंकवादको जनक हो । आतंकवादलाई दुभाग्र्यको संज्ञा दिदै उनले वढ्दो आतंकवाद आज मध्यपूर्व, पश्चिम एशिया, युरोप र दक्षिण एशियामा समस्याका रुपमा रहेको तर्क गरे ।
आतंकवादलाई स्थान दिने, उनीहरुको मानसिकता तयार पार्ने र त्यहि मानसिकता राजनीतिक लाभका लागि उपयोग गर्ने भन्दै मोदीले छिमेकी पाकिस्तानमाथि व्रिक्समा जमेर हमला गरे । त्यस्तो गलत मानसिकताको निन्दा गछौं भन्दै मोदीले व्रिक्सका रुपमा एकसाथ उभिएर काम गर्नुपर्ने वताए । व्रिक्स आतंकवाद विरुद्ध व्यवहारिक सहयोगका लागि अघि वढ्नुपर्ने उनको माग थियो । साथै उनले विकास र जलवायुका विषयमा भारत दृढ भएर अघि वढ्ने मोदीले वताए ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्