
काठमाण्डौ – विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।गत असार महिनादेखि नै भक्तपुर नगरपालिका क्षेत्रभित्र पार्किङ गरी राखिएका १० वटा निजी, सरकारी कार्यालय, अस्पताल र सङ्घसंस्थाका कार, जिप, मिनीट्रक, एम्बुलेन्स, शववाहनलगायतका सवारी साधन नक्कली साँचो प्रयोग गरी पार्किङ गरिएको स्थानबाट चलाई अन्यत्र लगेर छाडी सवारी धनीलाई दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठलाई बा२च ९०६६ नं को पजेरो जिप दरबारस्क्वायरबाट चलाई अन्यत्र लैजान लाग्दा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठलाई प्रहरीले शनिबार केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्