×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ अर्ब ऋण नतिरेका चण्डी ढकाललाई बचाउने खेल, लोकमानले अघि बढाएको अख्तियारको फाइल एकाएक निस्क्रिय !

अर्थ सरोकार

प्रकाशित मिति : १४ कार्तिक २०७३, आईतवार

PRIME CA

२ अर्ब ऋण नतिरेका चण्डी ढकाललाई बचाउने खेल, लोकमानले अघि बढाएको अख्तियारको फाइल एकाएक निस्क्रिय !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – २ अर्व ऋण नतिरेको अभियोग लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको विधान संसोधन समितिका संयोजक चण्डी ढकाललाई बचाउने प्रधानमन्त्री प्रचण्डदेखि अन्य केहि नेताहरु लागि परेका छन्ले ।  सरकारी बैंकको साढे २ अर्ब बढी रकम पचाएका भन्दै अख्तियारमा परेको उजुरीको बिषयमा अगाडि बढेको अनुसन्धान एकाएक  स्थगित भएपछी उनीविरुद्धको अख्तियारमा अगाडी बढेको फाइललाई शक्तिकेन्द्रकै आडमा तुहाउने खेल भएको खुलासा भएको हो । 
लोकमानले अगाडी बढाएको फाइल नै भयो ‘डम्प’
उनी विरुद्ध गत साउन ५ गते अख्तियारमा उजुरी परेको थियो भने लोकमान सिंह कार्कीले उक्त फाइल अगाडी बढाएका थिए । ‘सरकारी बैंकको  करोडौं रुपैयाँ असूल्न कार्कीको निर्देशनमा सबै प्रक्रिया अगाडि बढाइएको भए पनि उनलाई महाअभियोग लागे लगत्तै फाइललाई निष्क्रिय बनाइएको छ ।’ अख्तियार स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।  

नक्कली कागज खडा गरेर ठगी 
मोमेण्टो एपरेल्स प्रालिको नाममा लिएका ऋण नतिरेर सो बैंकले कालोसूचिमा राखे पनि नतिरिएको ऋण असूली नगरिएको र शक्तिकेन्द्रको आडमा उनलाई उन्मुक्ति दिने काम गरिएको भन्दै राष्ट्रिय वाणिज्य बैंककै कर्मचारीहरुले अख्तियारमा उजुरी हालेका थिए । साउन ५ गते हालिएको उजुरीमा मुख्य दोषी मोमेण्टो एपरेल्सका प्रमुख संचालक ढकाललाई बनाइएको थियो । उनले एपरेल्सको नाममा नक्कली कागजात खडा गरी कम धितोको जग्गा राखी तत्कालीन बैंक व्यवस्थापनका उच्च तहका मानिसलाई समेत प्रभावमा पारी करिब दुई दशकअघि ऋण लिएका र सो ऋण हालसम्म नतिरिएको उजुरीमा उल्लेख थियो ।
कालोसूचीमा राखेका व्यक्तिनै शक्तिकेन्द्रको संगतमा भएपछी… 
‘तर एकाएक उनी विरुद्धका सबै फाइलहरुलाई डम्प गराइएको छ। ‘ अख्तियार स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।‘हामीले उनलाई कालोसूचिमा राखेको वर्षौ भयो । तर हामीले कालोसूचीमा राखेका व्यक्ति नै मन्त्री, गभर्नर, प्रधानमन्त्री र उच्च नेतासँगको संगतमा भएपछी हाम्रो केहिपनि लागेन ।’ वाणिज्य बैंकका एक उच्च अधिकारीले भने ।  
नेपाल बङ्गलादेश बैंकमा पनि ऋण 
अख्तियारमा परेको उजुरीमा समेत कर्मचारीहरुले ढकाललाई तत्काल पक्राउ गरी डूबेको ऋण असूली गर्न आग्रह गरेका छन् । सो उजुरीमा उल्लेख भए अनुसार ढकालले राष्ट्रिय वाणिज्य बैंकको मात्र होइन, नेपाल बंगलादेश बैंकलाई पनि २३ करोड बढी रकम तिर्नुपर्ने छ । ढकालविरुद्ध सो बेला अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ४०९३ हो । 
प्रचण्डको पनि आशिर्वाद !
‘ढकालले ०५३ सालमै राष्ट्रिय वाणिज्य बैंकबाट मोमेन्टोको नाममा ३० करोड बढी ऋण लिएका र सो ऋणको ब्याज समेत जोडिएर हाल साढे २ अर्ब बढी भइसके पनि अझै तिरेका छैनन् । सो ऋणको सावा र ब्याज हालसम्म पनि उनले चुक्ता गरेका छैनन् । बैंकले उनलाई पटक–पटक कालोसूचिमा राखेपनि प्रधानमन्त्री प्रचण्डलगायतका केहि नेताहरुको आडमा उनले सरकारी लगानीको बैंकको पैसा पचाउँदै आएका छन् । ‘ स्रोतले भन्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: