
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का पक्राउ परेका छन् । उनी चौकीदारको रुपमा बजार गएर सबै कैदीका लागि लत्ताकपडा, खाद्य सामग्रीलगायत आवश्यक सामग्री किनेर ल्याउने र जेलमा उत्पादित वस्तु बजार लैजाने काम गर्ने क्रममा डेढ महिनाअघी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाक अनुसार अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको हो।
४३ का खड्का विसं २०६२ मङ्सिरदेखि धनकुटा कारागारमा चौकीदारको रुपमा काम गर्ने गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार धनकुटा बजार मदनचोकमा किनमेल गर्न गएको अवस्थामा भागी फरार भएकोमा निजलाई खोजतलास गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मादीमुलखर्क–७ बाट पक्राउ गरिएको र निजउपर कारागार ऐन २०१९ बमोजिम कारबाहीका लागि जिल्ला कारागार धनकुटामा राखिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्