
काठमाडौं – गत वर्ष गएको भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पूर्वको चिजको माग पुन बढ्न थालेको छ। भूकम्प र नाकाबन्दीका कारण पर्यटकको आगमन घटेपछि ओरालो लागेको चिजको व्यापार पर्यटकको आगमनसँगै बढ्न थालेको हो।
नेपालका पर्यटकीय सहर काठमाडौँ, पोखरा र चितवन लगायतका क्षेत्रमा पर्यटक आवागमन वृद्धिसँगै पूर्वी नेपालका डेरी उद्योगमा चिजको माग उच्च छ। भूकम्प र नाकाबन्दीका कारण नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा कमी आएसँगै संकटमा परेका चिज उद्योगीले अहिलेको उच्च मागबाट राहत पाएका छन्। पर्यटकीय सहरका होटलमा अत्याधिक खपत हुने चिज पूर्वी नेपालको इलाम, पाँचथर र ताप्लेजुङका ३० वटा भन्दा बढी उद्योगले उत्पादन गरि बिक्री वितरण गर्दै आएका छन्।
बजारबाट एक सातामा एक लाख किलो भन्दा बढी चिजको माग भएपनि अहिले ५० हजार किलो चिज मात्रै आपूर्ति गर्दै आएको हिमालयन चिज एसोसिएसनका उपाध्यक्ष तुलु तामाङले बताए। प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री हुँदै आएको चिजमा प्रोटिन लगायतका भिटामिन पाइनाले विदेशी पर्यटकहरुबाट अत्याधिक माग हुने गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्