×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आएर चिनियाँ मन्त्रीले गरे ३ करोड नेपालीको मनछुने कुरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल आएर चिनियाँ मन्त्रीले गरे ३ करोड नेपालीको मनछुने कुरा

३ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – उद्योग मन्त्री नवीन्द्रराज जोशी र चीन सरकारका उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओबीच आज उद्योग मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा उनीहरुबीच नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको उद्योगमन्त्री जोशीले सञ्चारकर्मीलाई जानकारी दिए ।
सो असरमा उद्योगमन्त्री जोशीले संविधान निर्माणपछिको अहिलेको अवस्थामा नेपालका सबै राजनीतिक दलहरुको ध्यान आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताए ।
लगानीलाई संरक्षण गर्न उद्योग मन्त्रालयले अहिले कानुनीरुपमा नै प्रत्याभूति दिने प्रतिवद्धताकासाथ अगाडि बढिरहेको उल्लेखगर्दै उनले भने – यसका लागि मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन र औद्योगिक व्यवसाय प्रवद्र्धनसम्बन्धी ऐन संसद्बाट पारित गरी कार्यान्वयमा ल्याउने चरणमा रहेको छ ।
मन्त्री जोशीले कम्पनी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन र बौद्धिकसम्बन्धी ऐन छिट्टै संसद्बाट पारित गराउने गृहकार्यमा सरकार लागिपरेको बताउँदै नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनियाँ सहयोगका लागि आग्रह गरे ।
भेटमा चिनियाँमन्त्री झाङले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताउँदै त्यसका लागि लगानी संरक्षण सुनिश्चिताका विषयमा जिज्ञासा राखेका थिए ।
नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनियाँ प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्न चिन सरकार तयार उनले भने ।
मन्त्री झाङले चीनले गरेको आर्थिक उन्नत्तीबाट नेपालले पनि प्रसस्तै फाइदा लिनसक्ने भन्दै औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने बताए ।
उनीहरुबीच दुई देशका युवा तथा महिलाको सिर्जशीलता एवम् नवीनतम् उद्यमशीलताको विकासका लागि द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाइँले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी