
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरपूर्वी नाका हुँदै चीन जोड्ने सडक फागुनन्द मार्ग चाँडै निर्माणका लागि पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान उक्त सडक निर्माणसम्बन्धी सरोकार राख्ने सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले उक्त सडक निर्माणपछि छोटो दूरीमै चीनको सिमानामा पुग्न सकिने भएकाले सडक निर्माणलाई तीव्रता दिन विशेष पहल गर्ने बताए ।
झापाको दमकदेखि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण भएमा छोटो दूरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुनेछ ।
सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरेको थियो ।
“सडक निर्माणपछि छोटो दूरीमै चीनको सिमानासम्म पुग्न सकिन्छ, यसले जनतालाई धेरै राहत मिल्नेछ, यो सडकलाई थप बजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगसँग छलफल गर्नेछु” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उपस्वकीय सचिव मनहरि तिमल्सिनाले
जानकारी दिनुभयो ।
उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्व मन्त्री अग्नि खरेल, टङ्क आङ्बुहाङलगायतको टोलीले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्