- एजेन्सी
चीनले पाकिस्तानको पक्षमा खुलेर समर्थन गरेको छ । केही दिनअघि पाकिस्तानको क्वेटामा भएको आतंकवादी आक्रमणमा परेर धेरै जना हताहत भएपछि सो घटनाको निन्दा गर्दै चीनले पाकिस्तानले चाल्ने आतंकवाद विरुद्धका कदमलाई सहयोग गर्ने बताएको हो ।
साथै उक्त घटनाको चीनल कडा शव्दमा निन्दा समेत गरेको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले सो घटनाको कडा शव्दमा निन्दा गरेका हुन् । प्रवक्ता लुले पाकिस्तान सरकारले आतंकवादलाई प्रहार गर्ने अभियानलाई चीनले अडिगताका साथ समर्थन गर्ने कुरा स्पष्ट पारेको चिनियाँ सञ्चारमाध्यामहरुले बताएका छन् ।