×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशु अधिकारको नाममा एउटै समुहले ६सय च्याङ्ग्रा लगियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पशु अधिकारको नाममा एउटै समुहले ६सय च्याङ्ग्रा लगियो

२१ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 
दसैँको लागि मुस्ताङबाट ल्याइएको भेडा च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा झण्डै दुई हजार वटा भेडा–च्याङ्ग्रा बेच्न ल्याएकोमा पशु अधिकारकर्मीका नाममा एउटै समूहले ६ सय वटा च्याङग्रा किनेर लगेपछि अभाव भएको हो ।
हिजो बुधबार हेलम्बुको जंगलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरुलाई पनि पशु वध नगर्न आग्रह गर्ने भन्दै आएको समूहले प्रति च्याङ्ग्रा १९ हजार रुपैयाँका दरले १ करोड १४ लाख रुपैयाँमा ६ सय वटा च्याङ्ग्रा लगेको व्यापारी श्यामभक्त श्रेष्ठले बताए ।
भक्तपुरको सल्लाघारीमा ल्याएको च्याङ्ग्रा प्रति किलो सात सय रुपैयाँ र भेडा प्रतिकिलो पाँच सय ५० देखि ६ सय रुपैयाँसम्ममा बिक्री भएको छ । भक्तपुरमा झण्डै ४ सय च्याङ्ग्रा मात्र बाँकी भएको र यो भोली शुक्रबारसम्म सकिने भएकाले फूलपातीदेखि नै च्याङ्ग्राको अभाव हुने व्यापारी विष्णुभक्त श्रेष्ठले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी