Skip to content
LAXMI SUNRISE BANK

निजामती कर्मचारी अस्पतालमा ८३ लाई रोजगारी

अर्थ सरोकार

काठमाडौं – मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले विभिन्न पदमा ८३ जनाका लागि जागिर खुलाएको छ। मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले खुला प्रतियोगिताद्वारा १ वर्षको लागि करारमा कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। 

अस्पतालले स्टाफ नर्सतर्फ ५९ जना, ओपीडी असिस्टेन्टतर्फ १५ जना, इलेक्ट्रिकल ओभरसियरतर्फ १ जना, डेन्टल हाइजेनिस्टतर्फ ४ जना, ल्याब टेक्निसियनतर्फ ३ जना, रेडियोग्राफरतर्फ १ जना गरी ८३ जनाका लागि आवेदन माग गरेको हो। आवेदन आगामी कात्तिक १७ गतेसम्म अस्पतालमा आइपुग्नुपर्ने सूचनामा जनाइएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK