×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कोक’लाई कारबाही जोक ! गैरकानुनी रुपमा चलेको भन्दै जम्मा एक हजार ६ सय ७० रुपैयाँ जरिवाना !

करोडौं व्यापार गर्ने कोकलाई जम्मा एक हजार ६ सय ७० मात्र जरिवाना गराउनु हास्यास्पद देखिन्छ । काठमाडौं । मल्टिमिडियामा विज्ञापन गरी नेपाली बजारमा आफ्नो धाक जमाउन सफल भएको पेय पदार्थ कोकाकोलाले ३२ वर्षदेखि नेपाल सरकारलाई ठगी गरेको छ । नेपाल सरकारको आधिकारिक निकायले ठगी गरेको भन्दै नेपालमा सञ्चालन प्राधिकार लिएको दाबी गर्ने बोटलर्स कम्पनीलाई कारबाही पनि गरेको छ । तर, त्यो एउटा हास्यास्पद कारबाही जस्तो देखिएको छ, कानुनी रूपमै ।

सञ्चालन अनुमतिपत्र नै अहिलेसम्म नलिएको कम्पनीले बर्षेनि करोडौं रकम नेपाली बजारबाट उठाउने गरेको छ । तर, उसले राजस्व पनि सही ढंगले तिरेको छैन । ०४१ सालदेखि नेपालमा कम्पनी विस्तार गरेको कोकलाई गुणस्तरमा कमजोरी देखाएको र अनुमतिपत्र नलिई उत्पादन गरेको भन्दै सरकारी निकाय नेपाल गुणस्तर तथा नापतौल कार्यालयले कारबाही गरेको छ । नापतौल क्षेत्रीय कार्यालय बालाजुले अनुगमन गर्दा कम्पनीले अनुमतिपत्र नलिएको पाइयो । तर, कारबाही र जरिवाना भने कानुन नै कमजोर छ । २०२५ सालमा बनेको कानुनका आधारमा कारबाही गराउँदा जम्मा एक हजार ६ सय ७० मात्र तिराएर छाड्नुपरेको अधिकारीले जनाएका छन् । 
स्ट्यान्डर्ड नापतौल उनै ०२५को दफा (३०)को नियम १ मा नै त्यहाँभन्दा बढी जरिवाना तिराउन नसकिने कानुन रहेको छ । कमजोर कानुनको फाइदा उठाएर बहुराष्ट्रिय कम्पनीले नेपालमा मनोमानी गरिरहेका छन् । त्यसैमध्येको बोटलर्स नेपालले पनि मनोमानी ढंगले नेपाली बजारमा ठगी गरिरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: