
काठमाडौँ – नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन् । नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले रु ७६ लाख शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् ।
कम्पनीका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले भने–“ तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कानुनअनुसार कडा कारबाही गर्छ ।”
नेप्सेमा समावेश भएका कम्पनीको सेयर÷डिवेन्चर सूचीकृत भई वित्तीय मध्यस्तकर्तामार्फत कारोबार हुँदै आएका कम्पनीले धितोपत्र कारोबार नियमावली, २०५० को अनुुसूची–९ बमोजिम वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
नियमअनुसार रु एक करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले रु १५ हजार नवीकरण शुल्क बुझाउनुपर्छ । त्यसैगरी रु एक करोडदेखि पाँच करोडसम्म चुक्ता पँुजी भएका कम्पनीले रु २५ हजार, रु पाँच करोडदेखि १० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले रु ३५ हजार र रु १० करोडदेखिमाथि चुक्ता पुँजी भएका कम्पनीले रु ५० हजार वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्