
काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले हिन्दी भाषालाई सरकारी कामकाजी भाषा बनाइए त्यो मुलुककै निम्ति दुर्भाग्यपूर्ण हुने कडा टिप्पणी गर्नुभएको छ ।
तनहुँ जिल्लाको क्षेत्र नम्बर १ को कांग्रेस पार्टी कार्यलय डुम्रेमा मंगलबार बिहान कार्यकर्ताहरूसँगको अन्तरक्रियामा नेता डा.कोइरालाले हिन्दी भाषालाई सरकारी भाषा बनाउँने निर्णय भए कुनै पनि नेपालीलाई सैह्य र मान्य नहुने बताउँनुभयो ।
‘हिन्दी भाषालाई सरकार कामकाजी भाषा बनाउने निर्णय नेपालीहरूलाई सैह्य हुँदैन’, उहाँले भन्नुभयो, ‘भाषा जस्तो सम्वेदनशील विषयमा नेताहरूले जथाभावी रुपमा बोल्नु हुँदैन ।’
कांग्रेसभित्र गुटको राजनीति गर्नेहरू छिट्टै समाप्त हुने चेतावनी दिनुभएका नेता डा.कोइरालाले गुटको राजनीतिमा रमाउँनेहरूले लामो राजनीतिक यात्रा गर्न नसक्ने बताउँनुभयो ।
गुटको राजनीति गर्नेहरूको पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गर्नुभएका डा.कोइरालाले भन्नुभयो, ‘गुट र भागबण्डामा रमाउँनेहरूको आफ्नै भविष्य निश्चित छैन । उनीहरूले कसरी तपाइँहरूको संरक्षण गर्न सक्छन् ? त्यसकारण गुटभन्दामाथि उठेर कांग्रेस बनाउने बाटोमा लाग्नुस् ।’
- दैनिक नेपाल
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्