Skip to content
LAXMI SUNRISE BANK

डा. शेखर कोइराला भन्छन- सरकारमा कांग्रेसको भूमिका छैन

अर्थ सरोकार

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा  कांग्रेसको भूमिका अत्यन्तै कमजोर देखिएको बताएका छन । उनले गुटबन्दीले गर्दा  नेपाली कांग्रेस झन झन कमजोर हुँदै गएको बताएका छन् ।  नेपाल तरूण दल दारेचोक चितवनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वास्तविक कांग्रेस खोज्न गाउँ-गाउँ आएको बताए ।
गुटबन्दीको राजनीतिले ईमान्दार कार्यकर्ताको स्वाभिमानमा आँच आएको बताउँदै डा. कोइरालाले १३ औं महाधिवेशनपछि पार्टीभित्र गुटबन्दी संस्थागत बनेर गएकोमा आफू अत्यन्तै दुःखी भएको टिप्पणी गरे ।
पार्टीभित्र गुटको राजनीति हावी भएकाले सच्चा कांग्रेस भेटिन छाडेको बताउँदै डा. कोइरालाले भने, ‘गुटबन्दीमा रमाउने नेताहरूले कुनै कार्यकर्तालाई केही गर्नेवाला छैनन् । तपाइर्ंहरू गुटबन्दीको पछाडि नलाग्नुस् । सिंगो पार्टी बचाउने काममा लाग्नुहोस् ।

  • एसियन समाचार 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK