×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गल्ती हामीले गरेका हौं, हामीलाई ‘एक्सक्युज’ गर्ने हो की !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गल्ती हामीले गरेका हौं, हामीलाई ‘एक्सक्युज’ गर्ने हो की !

९ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कांग्रेसले महाभियोगमाथि निर्णय लिन ढिला हुनुमा हाम्रो पार्टीले ढंग नपुर्याएर हो । गल्ती हाम्रो पार्टीले गरेको हो । सत्ता साझेदार त कांग्रेस हो । कांग्रेसलाई थाहा नदिइकन सत्तारुढ पार्टीले केही पनि गर्न हुँदैन थियो । बेइमानी भयोे । त्यो राजनीतिक बेइमानी हो ।
तर कांग्रेसका सभापति शेरबहादुर देउवालाई थाहा भने थियो तर उहाँले ‘डन गर्नुस’ भनेर सहमति नदिएको अवस्था हो । देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएकै हो । तर शेरबहादुरजीले सहमति छ भन्नु भएन । पार्टीमा छलफल गरेर बताउँछु भन्नुभएको थियो ।
महाभियोगबारे अध्यक्ष (प्रचण्ड) लाई हन्ड्रेड प्रतिशत जानकारी थिएन । हामी सांसदहरु किन झुक्कियौँ भने दोश्रो तहका नेताहरुलाइ पत्यायौँ । तर वास्तवमा अध्यक्षलाई यो प्रस्ताव दर्ता भएको दुई घण्टामा मात्र थाहा भयो । कांग्रेसले महाभियोग प्रस्ताव अहिले आएर पारित गरेन भने कांग्रेसविरुद्ध जनमत जान्छ ।  पारित गर्यो भने माओवादी वा एमाले प्रस्ताव भन्ने हुन्छ ।
संसदमा कांग्रेसका राधेश्याम अधिकारी, गगन थापा, रामहरी खतिवडा, धनराज गुरुङले महाभियोगको विषयमा अहिलेसम्म पनि बोल्दै छन् । संसदमा बोल्ने कांग्रेस नै हो । प्रस्ताव कसले दर्ता गर्यो भन्ने ठूलो कुरो होइन । तर अहिलेको अवस्थामा अवस्थामा त्यो ‘ग्याप’लाई प्रचण्डले मिलाउँदै हुनुहुन्छ । सरकारको कोअर्डिनेसनमा केही फरक नपार्ने र गल्ती स्वीकार गर्ने गर्दै हुनुहुन्छ । हामीले त्यहाँ गल्ती गरेका हौं । अलिकति ‘एक्सक्युज’ गर्नुपर्ने हो कि ! के गर्नुपर्ने हो चाँडैं गर्नुपर्छ ।
  •  एस काठमाडौं 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी