Skip to content
LAXMI SUNRISE BANK

निजी लगानीबाट राजमार्गमा पुल निर्माण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काँकडभिट्टा – बिर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाको निजी लगानीमा पूर्वपश्चिम राजमार्गमा पुल निर्माण भएको छ। ४० वर्षअघि निर्माण गरिएको अदुवा खोलाको एउटा पक्की पुल पूर्णरुपमा जीर्ण भएपछि सो पुलको छेउैमा ढुङ्गानाले फलामे पुल निर्माण गरिएको हो । 
शनिबार एक समारोहबीच पुलको उद्घाटन गरिएको छ। पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्सा पुलबाट ओहोरदोहोर गर्न सक्छन्। 
पुलको चौडाइ चार फिट ९ इञ्च छ भने लम्बाइ  ५७ फिट रहेको छ । कनकाई एजुकेसन फाउन्डेसनका संस्थापक उनी जिल्लामै दानवीरका रुपमा परिचित छन्। उनले पुल निर्माणलाई दानमा गरिएको सामाजिक कार्य भन्दै खर्चको विवरण प्रचारमा  ल्याउन चाहेनन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK