Skip to content

युरोप पटाईदिन्छु भनी ठगी गर्ने २ ब्यक्ति पक्राउ

Dish Home

अर्थ सरोकार

काठमाडौं – रसिया हुँदै युरोप पठाई दिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।बानेश्वरमा रहेको रिकन एजुकेशन कन्सल्टेन्सीकी २३ बर्षीया सम्झना केसी र कोटेश्वरमा रहेको हाइलिंक एजुकेशनल कन्सलटेन्सिका का ३१ बर्षीय आन्नद केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

बाग्लुङ बिनामारे गाविस–३ का भरत बिक लगायतका व्यक्तीहरुलाई उनीहरुले भारतको दिल्लीबाट रसिया हुदै पोर्चुगलसम्म सजिलै पु¥याईदिने भनि प्रलोभनमा पारी प्रति व्यक्ति १० देखी ५० हजारसम्म लिई दिल्लीबाट रसिया सम्म पु¥याई अलपत्र पारेका थिए ।

यस विषयमा कारबाही गरी पाउ भनि महानगरीय प्रहरी अपराध महाशाखामा ७ जना पीडित तथा उनीहरुका आफन्तहरुले निबेदन दिएका थिए । महाशाखाबाट खटिएको विषेश प्रहरी टोलीले उनीहरुलाई असोज ३० गते नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सोमबार वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्