×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज काग तिहार, काग पूजा गर्नुको कारण यस्तो छ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आज काग तिहार, काग पूजा गर्नुको कारण यस्तो छ

१२ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ‘तिहार’ हिन्दुहरुको महान् चाड जुन आजदेखि शुरु भएको छ ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यस दिन कागलाई बोलाएर मिष्ठान्न खुवाउने चलन छ । कागलाई यमराजको दूतका रुपमा पूजा गर्ने परम्परा छ ।  काग तिहारको भोलिपल्ट कुकुर तिहार, आउँदो सोमबार गोबद्र्धन पूजा र मंगलबार भाइटीका परेको छ ।
भगवान विष्णुले ‘बर माग’ भन्दा राजा बलीले ‘पृथ्वीमा पाँच दिन मेरो राज्य होस्’ भन्ने बर मागेका थिए । जसलाई विष्णुले पूरा गरिदिए । यहि कारण यमपञ्चकमा राजा बलीको राज्यमा जस्तै दीपावली गर्ने, गाउँ सहर सबैतिर झिलिमिली बनाउने गरिन्छ । यमराजको प्रिय काग र द्वारपाल कुकुरको पनि पूजा हुन्छ ।
हिन्दु संस्कृतिमा कागको पूजा गर्नुको पर्यावरणीय कारण पनि छ । हिन्दुहरु मूर्तिपूजकमात्रै नभएर प्रकृति पुजक पनि हुन् । प्रकृतिलाई ठीकढंगले चलायमान बनाइराख्न विभिन्न पशुपंक्षी वनस्पतिले भूमिका खेलेको हुन्छ । कागले पनि सिनो, फाहोर, फालेको खानेकुरा खाएर वातावरण सफा बनाउन मद्यत गर्छ । यसकारण कागको महत्व वातावरण सफा बनाउनुसँग सम्बन्धित छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी