×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्रिश्चियन अमेरिकी राजदुतले लगाईन् दशैंको टिका ! प्रधानमन्त्री प्रचण्डले केहि सिक्ने कि ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं– अमेरिकी दूताबासले समेत दशैं मनाएको छ । धर्मले क्रिश्चियन भएपनि अमेरिकी राजदूत एलाइना बि टेप्लिज आफैंले नेपाली परंपराअनुसार मान्यजनबाट दशैंको टिका थापेकी छिन् । आफु मात्र होइन उनले दुतावासका कर्मचारीलगायत अन्य आगन्तुकलाई समेत टिका लगाइदिएकी छिन् । 
अमेरिकी दूतावासको फेसबुक पेजमा टिका लगाएको तस्बिरहरु सार्बजनिक गर्दै भनिएको छ, ‘नेपाल र संसारभर विजया दशमी मनाइरहनुभएका सबै मित्रहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना । शुभ विजया ।
यता क्रिश्च्यंन भएर पनि अमेरिकी राजदुतले टिका लगाउन हुने अनि आफ्नै देशका प्रधानमन्त्रीले भने संस्कृति नमानेको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेको छ । ‘ क्रिश्चियनले दशैं मनाउन हुने तर प्रधानमन्त्रीले देशको यत्रो चाडबाडमा टिका लगाउंदिन भन्ने ? प्रचण्डले केहि सिकुन्, अमेरिकी राजदुतबाट !’ सामाजिक सञ्जालमा पत्रकार अन्वेषण सापकोटाले आक्रोश पोखेका छन् । 



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: