Skip to content
LAXMI SUNRISE BANK

प्रवासमा दशैं ‘जर्मनमा दशैं मनाउँदा के नपुगे, के नपुगेजस्तो भयो’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
नेपालीहरुलेको महान चाड दशैं देशभर मनाइरहँदा प्रवासमा रहेका नेपालीहरुले पनि दशैं मनाएका छन् । तर प्रवासमा रहेका अधिकांसले दशैं खल्लो भएको प्रतिक्रिया दिएका छन् ।
केहि बर्षअघि पढाइको सिलसिलामा जर्मन पुगेकी सोनी न्यौपाने भन्छिन्, ‘दशैं त मनाइयो । तर के पुगेन के पुगेन जस्तो भयो ।’ नेपालको दशैंको बढीनै सम्झना आएको बताउने उनी नेपालको दशैंको तुलानामा प्रवासको दशैं निकै खल्लो भएको बताउँछिन् ।
‘नेपालमा माहोलनै अर्को हुन्छ । यहाँ दशैं औपचारिक मात्र हुन्छ ।’ प्रवासमा बसेर गाउँघरको दशैंको मज्जा त कहाँ पाउनु र ?’ न्यौपाने अगाडी भन्छिन्, ‘यस्तै दशैं तिहार आउँदा हो, परिवारको यादले सार्है सताउने ।’
एक बर्ष अगाडी मात्रै जर्मन पुगेकी सुनिता पौडेलको भनाइ पनि उस्तै छ । ‘यो मेरो दशैंको पहिलो प्रवासी अनुभव हो । यहाँ त दशैंको बहानामा रमाइलो गर्ने भन्ने मात्र हो । दशैंको खास उल्लास छैन ।’ दशैँको बेला आफ्ना परिवार सम्झेर रोएको बताउने उनी भन्छिन्, ‘घरको रमाइलो देखेर एक पटक रुन मन लाग्यो ।’
देशभरबाट विभिन्न काम तथा पढाइको सिलसिलामा प्रवासमा रहेका नेपालीहरुले आ- आफ्नो स्थानमा रहेर दशैं मनाइरहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK