
- अर्थ सरोकार सम्बाददाता
जापान – नेपालीहरुले महान चाड दशैं मनाइरहेका बेला प्रवासमा बस्ने नेपालीहरुको दशैं भने केहि खल्लो भएको महसुस बढीले गरेका छन् । हुन त प्रवासमा पनि नेपालीहरुले दशैं मनाउँछन् । तर पनि नेपालको हस्तो हर्ष नहुने प्रवासमा रहेका नेपालीहरुले गोनासो पोखेका छन् ।
केहि बर्षअघि जापान हानिएका भुवन रोकाको गुनासो यस्तै छ । ‘विदेशमा खासै रमाइलो भएन । जवजव चाडबाड आउँछ, अनि नेपालको यादले बढीनै सताउँदो रहेछ ।’ उनी अगाडी भन्छन्, ‘यो जीन्दगीको हरेक पल हरेक दिनहरुले नयाँ अनुभव दिन्छ चाहे त्यो सुखको होस् या दु:खको । कहाँ त्यो गाउंको घर कमेरो र रातो माटोले दसै मनाउनुको रमाईलो कहाँ यो भिडमा पनि एक्लो एक्लो हुने शहरको वेस्वादको दशैं !’
उनी विदेशी भूमिमा दशैंका विगतका यादहरुले खुब सताएको बताउँदै भन्छन्, ‘ खसी, आमाले बनाएको परिकार, मामाघर… उमेरको दुरीसँगै सबैकुराको दुरी बढ्दो रहेछ…! यसपाली पनि कसैको आसिर्बाद थाप्न पाईएन !
जापानमा रहेर नयाँ शक्ति नेपालको राजनीतिमा सक्रिय भएका उनले आफ्नो छोरालाई भने प्रधानमन्त्री बनेस् भनेर आशिर्वाद दिएको र सामान्य रुपमा नै दशैं मनाइएको बताए । ‘सामान्य रुपमा मनाइयो । केहि नेपालीहरुसँग भेटघाट त भयो, तर गाउँका सुशेलीका भाकाहरुले अझै मनलाइ कता कता एक्लो बनाइदियो ।’
‘जापानमा केहि ठाउँमा नेपालीहरुले टिका थाप्ने कार्यक्रम पनि राखेका छन् । तर नेपालको जस्तो खुसी छैन । आमाको आशिर्वाद र मनाउनका लागि मनाइएको दशैं र थाप्नका लागि थापिएको टिकाको फरक कति हो कति’! ‘अव त बस् छोराछोरीले संस्कृति नबिर्सीउन् भनेर मनाउने हो दशैं !’ अर्थ सरोकार डटकमसँग उनले भने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्