
- विवस चापागाईं / मलेसिया (नेपालमा घर, इलाम)
नेपालीहरूको महान चाड दशै मनाईरहँदा ८ लाखभन्दा बढि नेपाली रहेको रोजगारीको पहिलो गन्तव्य मलेसिया पनि नेपालीहरूले आफनै देशमाजस्तै मनाएका छन्ज छन् । नेपाली कामदारको प्रभाव रहेका कम्पनीलेहरूले १ दिनदेखि २ दिनसम्म दशै खर्च दिदै विदा दिएका छन् भने केही कम्पनीले भने विदा दिएका छैनन् ।
यता मलेसियन सरकारले यहाँको हिन्दु धर्मावलम्वीका लागि तिहारमा २ दिन विदा दिईने हुँदा विदा भएका छैनन् । विदा हुँदा होस् वा नहुँदा होस् नेपालीहरूले आ -आफ्नो तरिकाले मनाएका छन् । कसैले फेसबुक स्टाटसमा” आज मेरोमात्र निधार खाली छैन ५० लाख नेपालीको निधार खाली छ” नसोध बिदेशमा रहनेलाई कस्तो भयो दशै मन दुख्न सक्छ ” लेखेका छन् भने कतिले दशैं रमाईलो नै भएको प्रतिक्रिया दिएका छन् ।
काम गरेर भर्खर पो आईयो । लुकाएर राखेको दु: ख आज फुकाउन मन लाग्यो । आफन्त परिवारको दशै देखेर मन बुझाउनुबाहेक कुनै विकल्प छैन, रहेन । मैले पनि आफ्ना परिवार र साथीभाइलाइ दशैंको शुभकामना दिएँ।
चाडपर्वमा होस वा सुख दु:खमा प्रयोग गरिने मदिरा । यहाँ कार्यरत नेपालीमाझ पनि मदिरा नौलो पक्कै होइन ।कसैले यो साल परिवारसँगै मनाउन नपाएपनि जसरी पनि अर्को साल संगै दशैं मनाउने प्रतिबद्धता धेरैले फोन र सामाजिक सञ्जालमार्फत परिवारसँगै मनाउने कसम खाए । स्थानीय चिनियाँहरूले पनि नजिका नेपाली साथीहरूसँगै दशैं मानएका छन् ।१२ बर्षदेखि रोजगारीको सिलसिलामा रहेका त्रिलोचन न्यापानेले १२ वर्षमा पहिलोपटक बिदेशमा टीका लगाएर र लगाईदिएर मनाएका छन् ।
उनी भन्छन्, ‘जिन्दगीको रमाइलो क्षण भएको र बिदेशमा रहुन्जेल यसरीनै बिजयदशमीको दिन साथीभाईसँग खुशी साट्दै मनाउने र आउँदा सालको दशैपनि बिजयादशमीको दिन यसरीनै मनाउने सोच छ ।’ ३ बर्षदेखि मलेसियामा कार्यरत भरत लिम्बू ,रोसन लिम्बू, मान बिक साथीहरूले लामो समयदेखि मलेसियामा रहनुभएका सफल ब्यापारी रूपलाल बाबूको हातबाट टीका थापेर दशै मनाएका छन्। परिवारबाट टाढा भएता पनि दशैं मनाए उनीहरुले ।
परिवारसँगै भएजस्तो महसुस भएको उनीहरू बताउछन् । मलेसिया पाहाङ राज्यमा रहेका अधिकांश नेपालीहरूले मरसाङ्दी होटलमा भेला भएर त्यस होटलका मालिक रूपलाल बाबूको हातबाट टीका थापेर र दु:ख सुख साटेर मनाएका छन् । ९ बर्षदेखि कार्यरत कृष्णजीले पनि १० बर्षदेखि मानउन नपाएको दशै यसपाली प्रेम राइ, सुनील लिम्बु, दिरण नाथ, लोकेश नाथसँग सामन्य पार्टी गरेर मनाउंदा १० बर्षअघि नेपालमा मानएको दशै सम्झाएको बताउँछन् ।
टीका लाएको तियो क्षण, पिङ खेलेको साथीभाइसँगै रमाइलो गरेको सपना जस्तो लाग्ने बताए । आउँदो दशैचाहिँ परिवारसँग मनाउने भनेकोपनि ५ बर्ष भयो भयो । कहिलेसम्म यसरी मनाउने हो भन्दै दु:ख व्यक्त गर्छन् । यसपाली कार्यरत कम्पनीको मालिकले दशै खर्च र २ दिनको बिदा दिएकोमा मुस्करराउदै खुसी व्यक्त गर्छन् । ७ बर्षदेखि मलेसियामै कार्यरत बाबुराम भट्टराईले भने फरक तरिकाले मनाएका छन् । कम्पनीले बिदा नदिएको कारणले कम्पनीबाट १ दिनको बिदा लिएर उनले अधिकांस समय आफ्ना साथीहरूसँग मनपर्ने खेल बलिङ खेलेर मनाए ।
‘५ बर्षभन्दा बढी दशै यसरी मनाउदै छु । कम्पनीबाट बिदा नपाएका र बिदा लिन नमिल्ने भएका ३ बर्षदेखि मलेसियामा रहेका गोबिन लिम्बू भने फेसबुक साथीहरूले टीका लगाएको फोटो हालेको देख्दा नरमाइलो लाग्ने गरेको बताउंछन् । दशैमा बिदा नमिलेको कारणले तिहारमा रमाइलो गर्ने बताउंछन। बिदा नमिलेका सुकरा सेव, प्रेम चौहान लगायतका साथीहरु तिहारमा घुम्ने योजना भएको बताउछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्