
तेह्रौ महाअधिवेशन पछाडि फाटेको मन,धेरै काग्रेसीजनहरुले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई एउटै मञ्चमा नदेखेको लामो समय भइसकेको थियो । यी एउटै नदीका दुई किनारा जस्ता नियती बाँचिरहेका दुई नेतालाईसँगै राखेर कार्यक्रम गर्न पाएकोमा केही काँग्रेसी नेताले गर्व गरिरहेका बेला कांग्रेसकै केही नेताहरुले भने अगाडि मञ्चमा यी नेतालाई बसाएर भरमार गाली गरी दुवैलाई मञ्चमैं रुनु न हाँस्नु बनाएका छन् ।
अग्रासनमा सभापति शेरबहादुर देउवा,रामचन्द्र पौडेल,शान्ती तथा पुननिर्माणमन्त्री सीतादेवी यादव,गृहमन्त्री विमलेन्द्र निधि लगायतका नेताहरुलाई बसाएर यीनै नेताहरुको हुर्मत लिने कांग्रेसी नेता हुन पिएल सिंह,प्रदीप गिरी,शेखर कोइरालाहरु ।
मंगलबार कांग्रेसका नेता सरोज कोइरालाको ४३ औं स्मृति अवसरमा आयोजित संविधान कार्यान्वयनका चुनौति र नेपाली कांग्र्रेसको भूमिका विषयक कार्यक्रममा कांग्रेसका पुराना नेता पिएल सिंह, केन्द्रीय सदस्यद्धय डा शेखर कोइराला र प्रदीप गिरीले मञ्चमा बसेका नेताद्धय देउवा र पौडेललाई रुनु न हाँस्नु बनाएका हुन् ।
यी तीनै नेताले राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कमजोर हुँदा पनि नेताहरु गुटबन्दीमा लागेको साझा कार्यक्रम दिन नसकेको भन्दै दुवै नेताको हुर्मत लिएका हुन् । पुराना नेता पिएल सिंहले देउवा र पौडेललाई मात्र सरापेनन् बिपी, गणेशमानसम्मलाई गाली गर्न भ्याए । वर्तमान समयमा संविधान जारीपछि पनि राजनीतिक स्थायित्वतिर देश नगएको भन्दै जनताको लागि बनाइएको र सबैले उत्कृष्ट भनेको २०४७ सालको संविधानलाई आत्मसात गरे मात्र मुलुकले निकास पाउनेभन्दै दवै नेतालाई स्वीकारेर पहल गर्न आग्रह गरे ।
उनले पुरानादेखि नयाँ नेतालाई विभिन्न आरोप लगाउँदै गाली गर्दै गर्दा देउवा, पौडेल, महामन्त्री डा. शशांक कोइरालासहित कांग्रेस केन्द्रीय नेता रातो मुख लगाएर उनको कुरा सुनिरहेका थिए ।
सिंहपछि बोलेका डा. शेखरले पनि नेताद्धयको भूमिका र पार्टीमा हुर्केको चरम गुटबन्दीप्रति नेताको कटाक्ष गर्न पुगे । उनले अहिले सिंगो कांग्रेसभन्दा शेरबहादुर कांग्रेस, रामचन्द्र कांग्रेस र सिटौला कांग्रेस बन्दै जाँदा कांग्रेसको भूमिका नै गौण भएको आरोप लगाए । उनले यस्तो आरोप लगाइरहँदा दुवै नेतालाई अप्ठ्यारो मानिरहेका थिए ।
यस्तै अर्का नेता प्रदीप गिरीले त देउवादेखि पौडेलसम्मका नेताले नेता कार्यकर्तालाई आफ्नो कुरा बुझाउन नै नसक्ने नेताको रुपमा चित्रण गरे । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताको गुनासो नै नसुन्ने गरेको कारण अलोकप्रिय बन्दै गएको गुनासो गरे । पुराना नेता सरोज कोइराला नेता कार्यकर्तासँग राम्रागरी संवाद गर्न सक्ने र आफ्ना कुरा राख्न सक्ने नेता भए पनि सभापति देउवा र पौडेलमा कम्युनिकेसन स्कील नै नभएको भन्दै राम्रो कम्युनिकेटर्स बन्न सुझाए । उनले यसो भन्दै गर्दा देउवा र पौडेलका मुख अझै राता भए भने अरु नेताहरु हाँस्न पुगेका थिए ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्