×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालबाट भारतीय दूतावास हटाउन आन्दोलन घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालबाट भारतीय दूतावास हटाउन आन्दोलन घोषणा

२० आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतीय विस्तारवादविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।
अध्यक्ष बिजुक्छेले अहिलेको पुष्पकमल दाहाल सरकारले भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्दा भारतीय राजदूतावासको चलखेल बढेको भन्दै अबको आन्दोलन सीधै भारतीय दूतावास केन्द्रित हुने घोषणा गरे ।
उनले अहिलेका प्रधानमन्त्री भारतको कठपुतली बनको र  गएको ६०–७० वर्षमा भारतीय विस्तारवादले गर्न नसकेको काम अहिले दाहालमार्फत गरेको आरोप लगाएका छन् ।
नेपालका प्रधानमन्त्रीको हैसियत भारतीय राजदूतले गिराएको भन्दै  उनले भारतीय विस्तारवादविरुद्ध संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको र त्यसको लागि तयार रहन युवाहरुलाई निर्देशन दिएका छन् ।
अबको आन्दोलन प्रधानमन्त्री, त्यसको कार्यालय बालुवाटार र सिंहदरबार नभई सीधै भारतीय दूतावास केन्द्रित गर्नुको विकल्प भएको उनको भनाइ थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी