
काठमाडौँ – विधि र प्रक्रिया विपरित नेतृत्व चयन गरिएको भन्दै माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालमा विवाद चुलिँदै गएको छ । नयाँ कार्यसमिति चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै देविराम देवकोटा ‘असिम’ले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।
देवकोटा माओवादी निकट तत्कालीन क्रान्तिकारी पत्रकार संघको संस्थापक सदस्य हुन् । कर्णाली जस्तो पिछडिएको क्षेत्रबाट युद्ध पत्रकारितामा अग्रणी भूमिका खेलेका पत्रकारहरुलाई उपेक्षा गरिएकाले पदबाट राजीनामा दिएको देवकोटाले बताए ।
हाल रेडियो थाहा सञ्चार काठमाडौंमा कार्यरत देवकोटाको राजीनामा पत्रमा लेखिएको छ, ‘कार्यपालिका गठनदेखि पत्रकारितासम्म पनि कर्णालीलाई मुक्तियुद्धबाट निर्मित पार्टी र संस्थामा अन्याय हुन्छ भने नयाँ दासतालाई सहनुको कुनै अर्थ छैन । त्यसैले कर्णालीको नाममा मलाई सुम्पिएको केन्द्रीय समिति सदस्यबाट आजैका मितिबाट लागू हुने गरी यो राजीनामा प्रस्तुत गर्दछु ।’
हालै काठमाडौंमा सम्पन्न प्रेस सेन्टर नेपालको पहिलो एकता महाधिवेशनबाट महेश्वर दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । बन्दसत्रमा महेश्वर दाहाललाई अध्यक्ष घोषणा गर्दा असन्तुष्ट पत्रकारहरु होहल्ला गर्दै बन्दसत्रबाटै बाहिरिएका थिए । टाढा टाढाका जिल्लाबाट लाखौं रकम खर्च गरेर महाधिवेशनमा भाग लिन काठमाडौं आएकाहरु निराश भएर फर्किएका थिए ।
आफूले पद त्याग्नुको कारणबारे देवकोटाले राजीनामा पत्रमा लेखेका छन्, ‘कुनै पनि संगठन नामले होइन कामले नयाँ हुने अन्तिम सत्यबाट हेर्न हो भने मेरो त्यो विश्वास प्रथम अधिवेशनले भंग गरेको हुनाले जुन संगठनमा कर्णालीजस्ता पिछडिएको क्षेत्रलाई झनै उत्पीडनमा पार्ने निर्णय हुन्छ, त्यो संगठनमा बस्नुको कुनै अर्थ र औचित्य नदेखिएको हो ।’
देवकोटाको राजीनामा पत्रमा थप लेखिएको छ, ‘महाधिवेशनले कर्णालीबाट चानचुन प्रतिव्यक्ति आधा लाख खर्च गरेर आएका प्रतिनिधिको चुन्ने र चुनिने अधिकारको पनि हनन गरेको छ ।’
- नेपाल आज
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्