Skip to content
LAXMI SUNRISE BANK

देउवालाई साक्षी नबन्न किन दिए घिमिरेले निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पमुख आयुक्त लोकमानसिंह कार्की महाभियोग विषयमा नेपाली कांग्रेसको पार्टी कार्यलय सानेपामा केन्द्रीय समितिको बैंठक चलिरहेको छ । बैंठकका क्रममा विभिन्न केन्द्रीय सदस्यहरुलाई धक नमानी खुलस्त रुपमा विचार राख्न सभापति देउवाले आग्रह गरेका छन् ।
यसैबीच केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरु सदस्य नेताहरुभन्दा फरक अभिव्यक्ति दिएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एमालेले संसदमा अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग दर्ता  भएपनि त्यसको साक्षी बनेर महाअभियोगको पक्षमा नउभिन सभापति देउवा लगायतका नेतालाई निर्देशन दिएका छन् । ‘यदि लोकमान सिंह कार्की साच्ची नै दोषी हुन् भने पनि कानून अनुसार उनलाई कडा भन्दा कडा सजाय दिनैपर्छ तर लोकमानका कारण आफ्नो छानविन रोक्न हतारमा ती दलहरुले महाभियोग प्रस्ताव दर्ता गरेको  आरोप लगाएका छन् ।
केन्द्रीय सदस्य घिमिरेले कांग्रेसका खुमबहादुर,चिरञ्जीवी र जेपी गुप्ताले मन्त्री बहाल रहेकै बेला जेल जान हुने तर एमाले९माओवादीमाथि  किन छानबिन नहुने भन्दै आक्रोस व्यक्त गरेका छन् ।
अख्तियार प्रमुख लोकमानलाई बचाउनुपर्छ भन्ने मेरो धारणा होइन छानविन भएपछि यदि उनी दोषी देखिए त्यसैअनुसारको कारवाही प्रक्रिया अगाडि बढाउनुपर्छ घिमिरेले भने,‘ तर अहिले आफूमाथि छानविन हुने डरबाट हतारोमा एमाले–माओवादीले महाअभियोग दर्ता गरेको प्रस्तावमा कांग्रेसले अन्धो भएर समर्थन गर्न हुँदैन ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK