
काठमाडौँ – जिल्लाका १५ गाविसका कृषकले खेतमा लगाएको नयाँ धानको बीउबाट दोब्बर उब्जनी भएको बताएका छन् ।
परम्परा धानको बीउमा विभिन्नखालका रोग लाग्ने र उब्जनीसमेत नहुने भएपछि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेको हरजित नाथ धानको बीउ लगाएपछि दोब्बर उब्जनी भएको हो । जिल्लाका हेन्तवाडा, डुग्री, सम्देउ, चैनपुर, गोलाई, देबल, सेलाखेत, खेइरा, भोपुर, साइलावर, मालझुली, जालतडी, सतियाँ र मलारीलगायत गाविसमा यसपाली भोकमरी हट्ने भन्दै स्थानीयवासी खुसी भएका छन् ।
दुई वर्षयता जिल्ला कृषि कार्यालयले उन्नत बीउ उपलब्ध गराउन थालेपछि तरकारी, धान, गहुँको उब्जनी बढी हुने गरेको नानदेव कृषक समूहका अध्यक्ष केशव रोकायाले बताए । जिल्लामा परम्परागत अन्न बालीको बीउ र पुरानै खेती प्रणालीले खाद्यान्न कम उब्जनी हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पोण्डेले बताए । “यस वर्ष कार्यालयले हरजितनाथ धानको बीउ चार टन उपलब्ध गराएको थियो,” उनले भने ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्