
- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक मेलम्ची ८, गिरान्चौरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको एकीकृत बस्तीको ९० प्रतिसत काम सकिएको छ।
अधिकांश घरहरु बस्न हुने भइसकेपनि केही काम नसकिएकाले यसअघि घोषणा गरिए अनुसार घटस्थापनाको दिन बस्ती हस्तान्तरण गर्न नसकिएको फाउण्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेलले जानकारी दिए।
हामीले घटस्थापनाको दिन सुन्दर सहर हस्तान्तरण गर्ने भनेका थियौं। तर जेठ महिनादेखि असोज १५ गतेसम्म निरन्तर पानी परेको छ। सबैलाई जित्यै हामीले प्रकृतिलाई जित्न सकेनौं उनले बस्ती निर्माण समयमा नै नसकिनुको कारण खुलाउँदै भने।
काम नसकिएकाले गिरानचौरमा बस्ती निर्माणको काम गर्दै दशैं मनाउने धुर्मुसले आफ्नो भिडियो सन्देशमा बताएका छन् । उनले तिहार अघि नै काम सक्ने प्रतिज्ञा गरेका छन्। निरन्तरको वर्षाले सडक बिग्रेकाले मालसामान ढुवानी र निर्माणको काम गर्न पनि अप्ठेरो भएकाले ढिला भएको कट्टेलले बताए। घटस्थापनाको दिन बस्ती निर्माण सुरु गरेको १ सय ४४ दिन पुगेको छ। ६५ घरपरिवारका लागि वातावारणमैत्री, बालमैत्री र अपाङ्गमैत्री घरहरु सहितको एकीकृत बस्ती निर्माणको घोषणा गरेर काम अघि बढाइरहेका छन्।
अहिले एकीकृत बस्ती निर्माणको ९० प्रतिशत काम सकिएको छ। धेरैजसो घर बस्न हुने भइसकेको छ । तर, गिरान्चौर हामीले सोचेजस्तो सिटी पूर्ण रुपमा भइसकेको छैन त्यसैले यहाँका बासिन्दाले हाम्रो सपनाको सिटी पूर्ण रुपमा सम्पन्न नभएसम्म छाप्रोमै बस्ने निधो गरेका छन्। उनीहरुको मनलाई खुशी राख्न हामीले यो वर्षको वडा दशैँ गिरान्चौरमै मनाउने निर्णय गरेका छौं फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्