
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – इलाका प्रहरी कार्यालय नवलपुरले २ वर्षअघिदेखि फरार रहेका दिपक पौडेललाई पक्राउ गरेको छ । जिल्ला अदालत नवलपरासीले २०७१ साल ९ महिना ९ गते पौडेलमाथि १ वर्ष कैद र ८० हजार जरिवाना फैसला गरेको थियो । उनले किर्ते कागज गरेका थिए। कावासोती १३ शिव मन्दिर बस्ने ३६ वर्षका दिपक पौडेल अदालतको फैसलापछि फरार थिए ।
इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपि राजेश थापाले उनलाई बुधबार बिहान पक्राउ गरिएको जानकारी दिएका छन्। दिपकलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि मात्रै इलाका प्रहरी कार्यालय नवलपुरले कावासोतीबाट करणी गरि फरार रहेका २ जनालाई प्रकाउ गरि जिल्ला अदालत पेश गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्