×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डा गोविन्द केसीको मागलाई चासो नदेखाएको भन्दै भोलिबाट ओपीडी बन्द गर्ने

  • अर्थ सरोकार सम्बतदाता 

सरकारले डा गोविन्द केसीको मागलाई चासो नदेखाएको भन्दै  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका ९आईओएम० आवासीय चिकित्सकहरुले मंगलबारबाट ओपीडी सेवा लगायतका काम बन्द गर्ने भएका छन् ।

सोमबार आइओएमका आवासीय चिकित्सकहरुले प्रेस विज्ञप्ति जारी गर्दै आकस्मिक र शल्यक्रिया काम बाहेक अन्य काम नगर्ने बताएका छन् ।
नवौं पटक आमरण अनशनमा बसेका डा।केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ ।
आइओएमका आवासीय चिकित्सकहरु हिजो आइतबारदेखी नै पठनपाठनमा सहभागी नभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।एसोसिएसनले भोलिबाट शैक्षिक कार्यक्रम अन्तरगतका अपरेशन ९ओटी० र इमर्जेन्सीबाहेकका काममा सहभागी नहुने जानकारी गराएको छ । नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन अध्यक्ष डा। लिजन महर्जन र सचिव डा। सचित शर्माको हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: